एक्लै आन्दोलन गरेको २८ औं दिनमा डा.अजित मल्लिकले पाए जोखिमभत्ता

    • स्वास्थ्य पेज

  • ९ बैशाख २०७८, बिहीबार
एक्लै आन्दोलन गरेको २८ औं दिनमा डा.अजित मल्लिकले पाए जोखिमभत्ता

काठमाडौं:डाक्टर अजित मल्लिकले कोरोना संक्रमित बिरामीको सेवामा खटिए बापतको भत्ता पाएका छन् । कोरोनाकालमा खटिएवापत् सरकार दिने भनेको जोखिमभत्ता दिलाउन माग गर्दै २८ दिनदेखि एक्लै आन्दोलरत डा.मल्लिकले २८औं दिनमा बुधबार टिचिङ अस्पतालबाट पाउनुपर्ने कोभिड जोखिम भत्ता पाएका हुन् ।

सरकारले चिकित्सकहरुलाई जोखिम भत्ता दिने निर्णय गरे पनि उनले पाएका थिएनन्। त्यसैको माग गर्दै उनि लगातार माइतीघरमा उभिरहे।जोखिमभत्ता पाएपछि उनले भने ‘ढिला भएपनि मैले राज्य र सम्बन्धित निकायबाट पाउनु पर्ने अधिकार र सम्मान पाएको छु ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका सबै फ्रन्टलाइनर चिकित्सकहरुले जोखिम भत्ता पाएपछि उनि खुशी छन् । कोभिड जोखिम भत्ता पाएसँगै आफूले आन्दोलन अन्त्य गरेको उनले जानकारी दिए। डा मल्लिक त्रिवि शिक्षण अस्पतालमा एकवर्ष करारका लागि मेडिकल अफिसरको रुपमा कार्यरत थिए।

निरन्तर आन्दोलनमा रहेका उनले २८ औं दिनमा पुनः माइतीघर मण्डलामा आएर सरकारलाई धन्यवाद दिएका छन् ।

  • ९ बैशाख २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech