कोरोनाबाट नेपालगन्जकी अर्की महिलाको पनि मृत्यु

    • स्वास्थ्य पेज

  • ९ बैशाख २०७८, बिहीबार

तस्विरः फाइल

नेपालगन्जः कोरोनाबाट बाँकेमा थप एकजनाको मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका-१ की ६५ बर्षीया महिलाको उचपारका क्रममा आज मृत्यु भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज बलीले जानकारी दिनुभयो ।

स्वास्थ्यमा समस्या देखिएपछि गएको ७ गते उनी नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा भर्ना भएकी थिइन् । त्यसैदिन उनको कोरोना परीक्षणका लागि स्वाव लिइएको थियो । भोलि पल्ट रिपोर्ट पोजेटिभ आयो ।

उनको उपचारका क्रममा आज मृत्यु भएको हो । यसअघि आज बिहान मात्रै नेपालगन्ज उपमहानगरपालिका-१७ की ८६ बर्षीया महिलाको पनि भाइरस संक्रमणबाट मृत्यु भएको थियो ।

योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६८ पुगेको छ ।

  • ९ बैशाख २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech