बर्दिया: बर्दियामा कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएपछि स्थानीय प्रशासनले सजगता र सतर्कता अपनाउन आग्रह गरेको छ । छिमेकी जिल्ला बाँके र कैलालीमा संक्रमण तीब्ररुपमा फैलिएकाले उच्च सावधानी अपनाउन अनुरोध गर्दै भिडभाड हुने क्षेत्र बन्द गरिएको छ । बर्दियामा अहिले १५२ जना सक्रिय संक्रमित छन् ।
१ हजार ७ सय ४२ जनामा भाइरस संक्रमण पुष्टि हुँदा १ हजार ५ सय ३३ जना डिस्चार्ज भइसकेका छन् । जिल्लामा कोरोनाबाट २३ जनाले ज्यान गुमाएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।
यी क्षेत्रमा कडाइ
१-सिनेमा हल, पार्टी प्यालेस, हेल्थ क्लब, जिम खाना, स्विमिङ पुल, फुटसल, सभा, आमसभा, जुलुस, हाटबजार (कृषि बाहेक) र मानिसहरुको भिडभाड हुने अन्य सबै प्रकारका कार्यक्रम यही बैशाख मसान्तसम्म बन्द गर्ने/गराउने ।
२-मठ, मन्दिर, मस्जिद, गुम्बा, चर्च लगायतका धार्मिक स्थलमा जनस्वास्थ्यका मापदण्ड पालना गर्ने गरी बैशाख मसान्तसम्म नित्य पूजा, ध्यान र प्रार्थना मात्र गर्नेरगराउने ।
३-एक पटकमा २५ जना भन्दा बढी भेला जम्मा हुन नहुने, कुनै पनि सामान अनावश्यक नछुने, दुई व्यक्तिको बीचमा द्द मिटरको दुरी कायम गर्ने, मास्कको अनिवार्य प्रयोग गर्ने, पटक पटक साबुन पानीले हात धुने वा सेनिटाइज गर्ने गरी पसल व्यवसायहरु संचालन गर्ने । कुनै व्यक्तिले मास्क नलगाइ आएमा पसल व्यवसायीले रु १० लिई मास्क उपलव्ध गराउने । मास्क नलगाउने व्यक्तिलाई पसलमा प्रवेश गर्न नदिने ।
४-मेला, महोत्सव, जात्रा, पर्व, विवाह, न्वारन, पास्नी, ब्रतबन्ध, धार्मिक अनुष्ठान, मलालमी लगायतका अत्यावश्यक परम्परागत धार्मिक तथा सास्कृतिक क्रियाकलापहरु संचालन गर्दा २५ जना भन्दा बढी नहुने र जनस्वास्थ्यका मापदण्डहरुको पूर्ण पालना गर्ने । विवाह वा व्रतबन्धका लागि पार्टी प्यालेस प्रयोग गर्नु पर्ने भएमा जनस्वास्थ्यका मापदण्ड पालना गर्ने गरी प्रमुख जिल्ला अधिकारीको पूर्व अनुमति लिई २५ जनामा नबढ्नेगरी गर्ने ।
सार्वजनिक यातायात संचालन सम्वन्धमा देहाय बमोजिम गर्नेः
-सिट क्षमता भन्दा बढी यात्रु नराख्ने, सबै यात्रुलाई मास्क अनिवार्य गर्ने, सवारी साधनको ढोकामा र सवारी साधन भित्र सेनिटाइजरको व्यवस्था गर्नुपर्ने
-चालक तथा सहचालकले मास्क र भाइजर लगाउनु पर्ने, सवारी साधनलाई दैनिक रुपमा निसङ्क्रमित गर्नुपर्ने
-सार्वजनिक यातायातमा कुनै यात्रुले मास्क नलगाई आएमा चालक वा सहचालकले बढीमा रु १० लिई मास्क उपलव्ध गराउने, मास्क नलगाउने व्यक्तिलाई सवारी साधनमा प्रवेश गर्न नदिने
– लामो दुरीमा चल्ने सार्वजनिक यातायातमा बीच बाटोमा थप यात्रु नचढाउने गरी शुरु गन्तव्यदेखि अन्तिम गन्तव्यसम्म यातायात सञ्चालन गर्ने र यात्रुहरुको विवरण जिल्ला नजिकको सुरक्षा युनिटलाई उपलब्ध गराउने
– होटेल तथा रेष्टुरेण्टले विहान ८ बजेदेखि बेलुका ८ बजेसम्म देहाय बमोजिमका मापदण्ड पालना गरी सेवा दिने र सो समय पश्चात टेकअवे र होम डेलिभरी मात्र उपलव्ध गराउनेः
-होटेल तथा रेष्टुरेण्टका कामदारले अनिवार्य रुपमा मास्क, भाइजर र पञ्जा लगाउने
-होटेल तथा रेष्टुरेन्टमा प्रवेश गर्ने सबै सेवाग्राहीलाई मास्क अनिवार्य गर्ने
– कम्तीमा २ मिटरको भौतिक दुरी कायम गर्नुपर्ने
– सेनिटाइजरको व्यवस्था गर्नुपर्ने
-होटेल तथा रेष्टुरण्टलाई नियमित रुपमा निसङ्क्रमित गर्नुपर्ने
– होटेल तथा रेष्टुरेण्टमा कुनै सेवाग्राही मास्क नलगाई कुनै व्यक्तिले मास्क नलगाइ आएमा व्यवस्थापकले रु १० लिई मास्क उपलव्ध गराउने -मास्क नलगाउने व्यक्तिलाई होटेल वा रेष्टुरेण्टमा प्रवेश गर्न नदिने
– राजमार्गहरुमा सञ्चालित होटेल तथा रेष्टुरेण्टहरुले समेत जनस्वास्थ्यका मापदण्डहरु पूर्ण पालना गरी भिडभाड नहुने व्यवस्था मिलाई आलोपालो गरी सेवा दिने
– सार्वजनिक तथा निजी सेवा प्रदायकले सम्भव भएसम्म विद्युतीय प्रणाली मार्फत सेवा प्रदान गर्ने व्यवस्था मिलाउने
-कोभिडको रोकथाम, नियन्त्रण, उपचार र निगरानीका लागि टोल सुधार समिति, क्लब, उपभोक्ता समुहरसमिति, संघसस्थाहरुले देहाय बमोजिम गरी आवश्यक सहयोग गर्ने
-कोभिड सम्वन्धमा व्याप्त भ्रम हटाउने, समुदायमा सही सूचना सम्प्रेषण गर्ने तथा जनस्वास्थ्यका मापदण्डहरु पालना गर्न प्रोत्साहन गर्ने,
-परीक्षण, क्वारेण्टीन, आइसोलेसन तथा उपचारको लागि सम्पर्क गर्न आवश्यक सहयोग गर्ने
-क्वारेण्टीन वा आइसोलेसनमा बस्नु पर्ने व्यक्ति त्यसरी क्वारेण्टीन वा आइसोलेसनमा बसे नसबेको सूचना स्थानीय तहलाई दिने,
-घर वा होटेलमा क्वारेण्टीन वा आइसोलेसनमा बसेका व्यक्तिलाई आवश्यकता अनुसार स्वास्थ्य सम्वन्धी जानकारी उपलव्ध गराउने तथा परामर्श दिने, आवश्यकता अनुसार फलोअप गर्ने र सूचना अद्यावधिक गर्न कन्ट्याक्ट ट्रेसिङ समूहलाई सहयोग गर्ने,
-२ मिटरको भौतिक दुरी, मास्कको अनिवार्य प्रयोग, सार्वजनिक स्थानमा साबुन पानीले हात धुने लगायत जनस्वास्थ्यका मापदण्डहरु पालन भए नभएको सूचना स्थानीय तहलाई दिने
-६० बर्ष माथीका नागरिक, दीर्घ रोग भएका व्यक्तिलाई घर बाहिर नजान अनुरोध गर्ने र जानै पर्ने अवस्था भएमा जनस्वास्थ्यका मापदण्डहरु पालना भए नभएको सूचना स्थानीय तहलाई दिने
-कोभिड १९ विरुद्धको अभियानमा स्थानीय सघ, सस्था, क्लब, शिक्षक तथा स्वंयम सेवक परिचालनका लागि स्थानीय तहलाई सहयोग गर्ने