बाँकेमा एक महिनामै ६२ बालबालिकामा कोरोना संक्रमण (कुन उमेरका कति संक्रमित) ?

    • स्वास्थ्य पेज

  • ५ बैशाख २०७८, आईतवार

नेपालगन्जः बाँकेमा एक महिनाको अवधिमा ६२ जना बालबालिका कोरोना संक्रमणको चपेटामा परेका छन् । पछिल्लो एक महिनामा ६ सय १७ जना संक्रमित भएकामध्ये बालबालिकाको संख्यामात्रै ६२ रहेको छ ।

गएको चैत एक गतेदेखि बैशाख चार गतेसम्मको ३० बालिका र ३२ बालकमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज वलीले स्वास्थ्य पेजलाई जानकारी दिनुभयो ।

त्यसमा ९ बर्षसम्मका ३ बालिका र ७ बालक रहेका छन् । यस्तै १० बर्षदेखि १९ बर्षसम्मका २७ बालिका र २५ बालक रहेको फोकलपर्सन वलीले बताउनुभयो । बालबालिकामा संक्रमण द्रूतगतिमा फैलिरहेकाले सचेतना अपनाउन उहाँले अभिभावकहरुलाई आग्रह गर्नुभएको छ ।

 

 

  • ५ बैशाख २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech