भेरी अस्पतालमा ३७ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु, अव कति छन गम्भीर ?

    • स्वास्थ्य पेज

  • १ बैशाख २०७८, बुधबार

नेपालगन्ज: नेपालगन्जस्थित भेरी अस्पतालमा कोरोना संक्रमित थप एकजनाको मृत्यु भएको छ । लम्कीचुहा १ कैलालीका ३७ वर्षका पुरुषको मंगलवारराती ९ः५० बजे मृत्यु भएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज वलीले जानकारी दिनुभयो । स्वास्थ्यमा समस्या आएपछि ती पुरुष मेडिकल कलेज कोहलपुरमा भर्ना भएका थिए ।

कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि उनको पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आयो । उनलाई २० गते भेरीको आइसोलेसन वार्डमा भर्ना गरिएको थियो ।

उनको उपचारका क्रममा मृत्यु भएको वलीले बताउनुभयो । योसँगै  बाहिरि जिल्लाबाट उपचारका लागि आएका ९२ जनाको बाँकेका विभिन्न अस्पतालमा मृत्यु भएको छ ।

भेरी अस्पतालमा अझै ६२ जना संक्रमित उपचाररत् छन् । तीमध्ये २७ जनाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ । बाँकेमा १ सय ७६ जना होम आइसोलेसनमा बसिरहेका छन् । फोकलपर्सन वलीका अनुसार जिल्लामा १ सय ९८ जना सक्रिय संक्रमित रहेका छन् ।

  • १ बैशाख २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech