नेपालगन्ज : बाँकेमा भारतबाट फर्किएका तीन जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
जमुनाह नाकामा गरिएको एन्टिजेन परिक्षणमा बाँके, बर्दिया र दैलेखका एक-एक जनामा भाइरस संक्रमण देखिएको हो । जिल्ला कोभिड- १९ संकट ब्यबस्थापन समितिका फोकलपर्सन तेज ओलीका अनुसार बाँके बैजनाथ गाउँपलिका- ३ का २७, बारबर्दिया-७ बर्दियाका २५ र नारायण नगरपालिका – ५ दैलेखका २१ वर्षका पुरुषमा कोरोना पुष्टि भएको हो।
उनीहरु सबैलाई भेरी अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ। यो संगै भारतबाट फर्किएका १० जनामा कोरोना पोजेटिभ देखिएको छ ।
कोरोना नियन्त्रण बाहिर गएको छिमेकी देश भारतबाट फर्किने नेपालीमा भाइरस देखिएपछि नेपालमा पनि कोरोनाको दोस्रो लहर सुरु भैसकेको छ।