विद्यालयसहितका सार्वजनिक क्षेत्र बन्द गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस

    • स्वास्थ्य पेज

  • २८ चैत्र २०७७, शनिबार

काठमाडौंः सरकारले दोस्रो चरणमा कोरोना भाइसरको संक्रमण फैलिन नदिन विद्यालयसहित अन्य सार्वजनिक क्षेत्र पनि बन्द गर्ने तयारी गरेको छ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार २५ जनाभन्दा बढि भेला हुने क्षेत्र र स्वास्थ्य मापदण्ड पालना गर्न नसकिने स्थान बन्द गर्न बुधबार नै सिसिएमसीलाई सिफारिस गरिएको छ।

सिफारिसमा सिनेमा हल, रेस्टुरेन्ट, पार्टी प्यालेस र स्वीमिङ पुल बन्द गर्नुपर्ने उल्लेख गरिएको उहाँले बताउनुभयो । केही महिनादेखि पार्टी प्यालेस, रेस्टुरेन्ट लगायतका ठाउँहरुमा भीड देखिन थालेको छ।

छिमेकी देश भारतमा पछिल्लो समय संक्रमण उच्च दरमा बढिरहेको छ । त्यसको प्रभाव नेपालमा पनि पर्न सक्ने भन्दै प्रतिबन्धात्मक सावधानीका उपायहरु अपनाउने सुझाव मन्त्रालयले दिएको हो ।

  • २८ चैत्र २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech