कोरोना विरुद्धको भेरोसेल खोप भोलिबाट लगाइने

    • स्वास्थ्य पेज

  • २४ चैत्र २०७७, मंगलवार

काठमाडौंः सरकारले भोलिबाट चीनबाट अनुदानमा आएको कोरोनाविरुद्धको खोप (भेरोसेल) नागरिकलाई लगाउने भएको छ।
यसका लागि स्वासथ्य तथा जनसंख्या मन्त्रालयले खोप लगाउने व्यक्तिको प्राथमिकिकरण र खोप केन्द्र समेत तोकिसकेको छ।

मन्त्रालयका अनुसार चीन सरकारबाट अनुदानमा आएको ८ लाख डोज खोप लगाउने व्यक्तिहरुको प्राथमिकिकरणसँगै २३ वटा खोप केन्द्र तोकेर खोप लगाउने काम अगाडि बढाइएको हो।

खोप शाखा प्रमुख डा झलक शर्मा गौतमका अनुसार मन्त्रालयले १८ देखि ५९ वर्ष उमेर समूहका प्राध्यापक, चीनमा छात्रवृत्तिमा अध्ययन गर्ने विद्यार्थी, चीनमा अध्ययनमा जाने तयारीमा रहेका व्यक्ति, हिमालय पार व्यापार गर्ने नेपाली व्यापारी, अत्यावश्यक सेवामा काम गर्ने कर्मचारी, व्यक्ति, होटल, ट्रेकिंग, विज्ञापन र इन्टरनेट क्षेत्रमा काम गर्ने, औषधि फलफुल तरकारी लगायतका व्यापारीलाई खोप लगाउने निर्णय गरेको छ।

यसका साथै खोप लगाउन भन्दै निवेदन दिएका संघ संस्था र यसअघि खोप लगाउन छुटेका अग्रपंक्तिमा खटिने व्यक्तिलाई पनि खोप लगाइने सूचीमा राखिएको छ।

  • २४ चैत्र २०७७, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech