नेपालगन्जः कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा मंगल रावल नियुक्त हुनु भएको छ । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीले डा रावललाई उपकुलपति नियुक्त गर्नुभएको हो ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदेश त्रिपाठीको संयोजकत्वमा बनेको सिफारिस समितिले गरेको सिफारिसका आधारमा नियुक्त गरेको हो।
सिफारिस समितिले डा रावलसँगै प्रा.डा.रेशम राना र डा पुजनकुमार रोकायाको नाम सिफारिस गरेको थियो।