वायु प्रदूषणले नागरिकको स्वास्थ्यमा पारेको असरप्रति राष्ट्रिय मानवअधिकार आयोगद्वारा सरकारको ध्यानाकर्षण

    • स्वास्थ्य पेज

  • १९ चैत्र २०७७, बिहीबार

काठमाडौं: वायु प्रदूषणले नागरिकको स्वास्थ्यमा पारेको असरप्रति राष्ट्रिय मानवअधिकार आयोगले सरकारको ध्यानाकर्षण गराएको छ ।

वायु प्रदूषण तथा प्राकृतिक विपद्को जोखिम न्यूनीकरण गर्न तत्कालीन तथा दीर्घकालीन उपायहरूको अवलम्बन गर्न आयोगले सरकारको ध्यानाकर्षण गराएको हो ।

बिहीबार एक विज्ञप्ति जारी गर्दै आयोगले नेपालको संविधानको धारा ३० ले स्वच्छ वातावरणमा बाँच्न पाउने हकको व्यवस्था गरेको स्मरण गराएको छ ।

जारी विज्ञप्तिमा “वातावरण संरक्षण ऐन, २०५३ तथा नियमावली २०५४, विपद् जोखिम न्यूनीकरण व्यवस्थापन ऐनलगायत राष्ट्रिय कानुनका साथै नेपाल पक्ष राष्ट्र बनेको आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिले स्वच्छ वातावरणीय अधिकारको व्यवस्था गरेको छ” भनिएको छ ।

पछिल्लो समय मुलुकका विभिन्न स्थानमा वायु प्रदूषण बढ्दा  आँखा पोल्ने, खोकी लाग्ने, नाक चिलाउने समस्या अत्यधिकरुपमा देखिएको सञ्चार अनुगमनबाट पाइएको आयोगले जनाएको छ ।

हेर्नुहोस् आयोगले जारी गरेको विज्ञप्ति

  • १९ चैत्र २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech