दोस्रो प्राथमिकताको पहिलो चरणको कोरोना खोप अभियान सकियो

    • स्वास्थ्य पेज

  • ४ चैत्र २०७७, बुधबार

काठामाडौंः फागुन २३ गतेदेखि संचालन भएकोे दोस्रो प्राथमिकताको पहिलो चरणको खोप अभियान सकिएको छ ।

स्वास्थ्य मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टम (आइसिएस)को आज बुधवार बसेको बैठकले हिंजो मंगलवारदेखि दोस्रो चरणको खोप अभियान सकिएको जनाएको हो ।

दोस्रो चरणको पहिलो चरणमा ११ लाख ५६ हजार १५६ जनाले खोप लगाइसकेका छन्। दोस्रो प्राथमिकतामा परेका ५५ वर्षदेखि ६४ वर्षसम्मका व्यक्तिहरुलाई खोपको पहिलो मात्रा लगाउने समय पछि प्रकाशित गर्ने बैठकले निर्णय गरेको छ।

बैठकले नियमित खोप वा बाध्यात्मक अवस्थाका कारण संचालन गर्न ढिलाई भएका जिल्ला र स्वास्थ्य संस्थाहरुमा कोभिड १९ जिल्ला जा सम्बन्धित समन्वय तथा अनुगमन समितिको निर्णयका आधारमा बाँकी खोप सेसन संचालन गर्ने निर्णय गरेको छ।

  • ४ चैत्र २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech