राष्ट्रपति भण्डारीले अपरान्ह खोप लगाउदै

    • स्वास्थ्य पेज

  • २ चैत्र २०७७, सोमबार

काठमाडौं: राष्ट्रपति विद्यादेवी भण्डारीले पनि कोभिड विरुद्धको खोप लगाउनु हुने भएको छ। राष्ट्रपति भण्डारीले त्रिवि शिक्षण अस्पतालमा रहेको खोप केन्द्रमा खोप लगाउने कार्यमक्रम रहेको छ।

फागुन २३ गते प्रधानमन्त्री केपी शर्मा ओलीले खोप लगाएपछि दोस्रो प्राथमिकतामा परेकाको खोप अभियान सुरु भएको थियो।

खोप लगाउन राष्ट्रपति भण्डारी अपरान्ह ४ बजे त्रिवि शिक्षण अस्पतालमा पुग्ने कार्यक्रम तय भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यो अभियान अन्तरगत ६५ वर्षमाथिका नागरिकलाई खोप लगाइएको छ। नेपालमा हालसम्म १५ लाखभन्दा बढीले कोरोना खोप लगाएका छन्।

  • २ चैत्र २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech