गाउँघर क्लिनिकमा एघार सय भन्दा बढीको उपचार

    • स्वास्थ्य पेज

  • १९ फाल्गुन २०७७, बुधबार
गाउँघर क्लिनिकमा एघार सय भन्दा बढीको उपचार

सिमकोटः जुम्लाका विकट बस्ती बस्तीमा गाउँघर क्लिनिक सञ्चालन गर्दा सेवाग्राहीको आर्कषण बढ्दै गएको छ। घर आगनमा आयुर्वेद शाखाद्वारा क्लिनिक निशुल्क रुपमा सञ्चालन गर्दा उपचार गर्ने सेवाग्राहीहरु बढेका हुन्।

सिमकोट गाउँपालिका वडा नम्बर ८ को स्याँडा गाउँका जगते बुढाले घरमै आयुर्वेद पद्धतिबाट उपचार गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो । घर आगनमै उपचार भएपछि बालबालिका, बृद्धबृद्धा र अपांगता भएका नागरिकलाई सहज भएको हो।

सिमकोट गाउँपालिका वडा नम्बर ७ र ८ का पाँच वटा बस्तीमा सोमबारसम्म सञ्चालन भएको गाउँघर क्लिनिकमा ११८२ जनाको निशुल्क रुपमा उपचार भएको स्वास्थ्य सेवा कार्यालय अन्तर्गत आयुर्वेद शाखाका प्रमुख कृष्ण चन्द्र जैसीले बताउनुभयो ।

  • १९ फाल्गुन २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech