काठमाडौं:ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरको मेडिकल डाइरेक्टरमा डा.हरिश जोशी नियुक्त हुनुभएको छ । डा.जोशीले बुधबार अस्पतालमा आयोजित एक कार्यक्रममा पदभार ग्रहन गर्नुभएको छ ।
नवनियुक्त मेडिकल डाइरेक्टर डा.जोशीले पदभार ग्रहन गर्दै ॐ अस्पताल नेपालको निजी क्षेत्रबाट सञ्चालित अग्रणी सेवा प्रदायक भएको उल्लेख गर्दै समय सापेक्ष सुधारसँगै अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
डा.जोशीलाई ॐ अस्पताल संचालक समितिका अध्यक्ष तथा सिनियर कन्सल्ट्यान्ट रेडियोलोजिष्ट डा.आनन्द प्रसाद श्रेष्ठले स्वागत गर्नुभएको थियो ।
डा.जोशीले यस अघि पनि लामो समय सम्म काठमाडौंको चावहिलस्थित ॐ अस्पतालको मेडिकल डाइरेक्टरको रुपमा काम गरिसक्नुभएको छ ।