दोस्रो प्राथमिकतामा परेकालाई आजबाट कोरोना खोप लगाउन सुरु

    • स्वास्थ्य पेज

  • २ फाल्गुन २०७७, आईतवार

नेपालगन्जः पहिलो चरणको दोस्रो प्राथमिकतामा परेका व्यक्तिलाई आजबाट कोभिड १९ विरुद्धको खोप लगाउन सुरु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो चरणकै दोस्रो प्राथमिकतामा परेका व्यक्तिलाई आजदेखि खोप लगाउने निर्णय गरेसँगै देशभर यो अभियान सुरु भएको हो।

दोस्रो प्राथमिकतामा परेकालाई खोप लगाउन फागुन ८ गतेसम्म खोप अभियान चलाइने छ।

सरकारले सबै सरकारी तथा निजी कार्यालयका कर्मचारी, स्थानीय तहका निर्वाचित जनप्रतिनिधि, पत्रकारलाई दोस्रो प्राथमिकतामा राखेर खोप लगाउने निर्णय गरेको थियो। बाँकेमा दुईवटा खोप केन्द्रमा कोरोना विरुद्धको खोप लगाउने कार्य भइरहेको छ ।

नेपालगन्जको भेरी अस्पताल र मेडिकल कलेज कोहलपुरमा खोप केन्द्र स्थापना गरेर खोप लगाउने काम भइरहेको स्वास्थ्य कार्यालय बाँकेका खोप अधिकृत भेषराज शर्माले जानकारी दिनुभयो ।

पहिलो प्राथमिकतामा छुटेका फ्रन्टलाइनर स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, महिला स्वास्थ्य स्वयंसेविकाहरु, एम्बुलेन्स तथा शब बाहन चालकहरुलाई पनि खोप दिइने जानकारी दिइएको छ।

  • २ फाल्गुन २०७७, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech