धनगढीमा हुने सुदूरपश्चिम स्पोर्टस अवार्डको मुख्य प्रायोजक कैलाली अस्पताल

    • स्वास्थ्य पेज

  • २७ माघ २०७७, मंगलवार

धनगढीः धनगढीमा हुने दोस्रो सुदूरपश्चिम स्पोर्टस अवार्डको मुख्य प्रायोजकका रुपमा धनगढीको कैलाली अस्पताल रहने भएको छ।

नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले चैत ६ गते आयोजना गर्ने सुदूरपश्चिम स्पोर्टस अवार्डको मुख्य प्रायोजकको रुपमा कैलाली अस्पताल प्रालिसँग सम्झौता गरेको हो।

कैलाली अस्पतालका अध्यक्ष जनकराज जोशी र नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका अध्यक्ष सीताराम ओझाले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ ।

अवार्डको मुख्य प्रायोजक रहेको कैलाली अस्पतालका अध्यक्ष जनकराज जोशीले कोरोना कहरमा पनि अवार्डले निरन्तरता पाउँनु निकै खुशीको कुरा भएको बताउनुभयो । अवार्डलाई सुदूरपश्चिमको पर्वको रुपमा आयोजना गर्न आवश्यक रहेको पनि उहाँको भनाइ छ ।

मुख्य प्रायोजक कैलाली अस्पताल रहेको अवार्डमा वर्ष पुरुष खेलाडीलाई नवजिवन अस्पताल, वर्ष महिला खेलाडीलाई नोभा अस्पताल, वर्ष युवा खेलाडीलाई निसर्ग अस्पताल, स्पेशल अवार्डलाई न्यू सिटी पोलीक्लिनीक, लाईफटाईम एचिभमेन्ट अवार्डलाई सारथी अस्पताल, सुदूरपश्चिम आइकन पुरुषलाई माया मेट्रो अस्पताल र महिलालाई तिवारी मेडिसिनले प्रायोजन गरेका छन् ।

 

 

 

पश्चिम नेपालकै पर्यटकिय गन्तव्यका रुपमा रहेको बर्दियाको ठाकुरद्धारमा आन्तरिक पर्यटकको संख्या बढ्न थालेको छ । कोरोनाले थला परेको पर्यटन व्यवसाय आन्तरिक पर्यटक बढेसँगै धमाधम संचालनमा आएका छन् । व्यवसायीहरुले भारतीय पर्यटकहरु भित्र्याउन तत्काल नाका खोल्न माग पनि गरेका छन् । नेपालगन्जबाट दिलबहादुर केसीको रिपोर्ट

  • २७ माघ २०७७, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech