पछिल्लो २४ घण्टामा १७१ संक्रमित थपिए, २५९ जना डिस्चार्ज

    • स्वास्थ्य पेज

  • २० माघ २०७७, मंगलवार

काठमाडौंः पछिल्लो २४ घण्टामा नेपालमा १७१ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ७१ हजार २८९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये २ हजार ४०० जना सक्रिय संक्रमित छन्।

गत २४ घण्टामा २ हजार ८४६ जनाको पीसीआर परीक्षण गर्दा १७१ जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २० लाख ७८ हजार ९८ पुगेको छ।

गत २४ घण्टामा एकजना संक्रमितको मृत्यु भएको छ। हाल ९५ जना क्वारेन्टाइनमा छन्। गत २४ घण्टामा २५९ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ६६ हजार ८५९ पुगेको मन्त्रालयले जनाएको छ।

  • २० माघ २०७७, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech