दोस्रो दिन २८ हजार ७३२ जनाले कोरोना विरुद्ध खोप लगाए

    • स्वास्थ्य पेज

  • १५ माघ २०७७, बिहीबार

काठमाडौं: नेपालमा कोरोना भाइरस विरुद्धको खोप अभियान सुरु भएको दोस्रो दिन बिहीबार २८ हजार ७३२ जनाले खोप लगाएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७७ जिल्लाका २८ हजार ७३२ जना व्यक्तिले कोरोना भाइरस विरुद्धको खोपको पहिलो डोज लगाएका हुन्।

खोप अभियानको दोस्रो दिन सबैभन्दा धेरै बागमती प्रदेशमा खोप लगाइएको छ । बागमती प्रदेशमा बिहीबार ११ हजार ४६१ जनाले खोप लगाएका छन्।

यस्तै प्रदेश १ मा ३ हजार ८४७, प्रदेश २ मा २ हजार १७४, गण्डकी प्रदेशमा ४ हजार ८५३, लुम्बिनी प्रदेशमा २ हजार ३०३, कर्णाली प्रदेशमा १ हजार ६७७ र सुदूरपश्चिम प्रदेशमा २ हजार ४१२७ जनाले खोप लगाएका छन्।

यसअघि कोरोना भाइरस विरुद्धको खोप अभियानको पहिलो दिन बुधबार ९ हजार ८४ जनाले खोप लगाएका थिए। भारत सरकारले अनुदानमा उपलब्ध गराएको कोरोना विरुद्धको खोप स्वास्थ्य मन्त्रालयले पहिलो चरणको प्राथमिकतामा परेका व्यक्तिहरुलाई लगाइएको छ।

 

  • १५ माघ २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech