दुई महिनादेखि बराई स्वास्थ्य चौकी स्वास्थ्यकर्मी विहीन

    • स्वास्थ्य पेज

  • ११ माघ २०७७, आईतवार

हुम्लाः

जिल्लाको सर्केगाड गाउँपालिका– ६ मा रहेको बराई स्वास्थ्य चौकी दुई महिना देखि स्वास्थ्यकर्मी विहीन बनेको छ। सात जना कर्मचारीको दरबन्दी रहेको उक्त स्वास्थ्य चौकीमा हाल एक जना कार्यालय सहयोगी मात्रै कार्यरत छन्।

गएको मंसिर १५ गते देखि स्वास्थ्यकर्मी कोही पनि नहुँदा एकजना कार्यालय सहयोगी मान बहादुर रोकायाको भरमा स्वास्थ्य चौकी सञ्चालन हुँदै आएको स्थानीय बासिन्दा धानकली रोकायाले बताउनुभयो ।

बराई गाउँका स्थानीयहरु बिरामी हुँदा घण्टौँ हिँडेर उपचारका लागि आउने गरे पनि सर्केगाड स्वास्थ्य चौकीबाट रित्तै फर्कने गरेका छन्। आँखामा समस्या भएर उपचारका लागि स्वास्थ्यचौकी पुग्दा कार्यालय सहयोगी बाहेक कसैलाई नभेटेपछि रित्तै फर्केको स्थानीय राना बुढाले गुनासो गर्नुभयो ।

 

  • ११ माघ २०७७, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech