कोरोनाविरुद्धको कोभिसिल्ड भ्याक्सिन कस्ले लगाउनु हुँदैन ?

    • स्वास्थ्य पेज

  • ८ माघ २०७७, बिहीबार

नेपालगन्ज ८, माघ ।
भारतबाट ल्याइएको १० लाख डोज कोरोना भाइरस विरुद्धको कोभिसिल्ड खोप काठमाडौंको टेकुस्थित केन्द्रिय खोप भण्डारण केन्द्रमा भण्डारण गरिएको छ । केही सातामै ७७ वटै जिल्ला अस्पतालबाट खोप अभियान सुरु गर्ने सरकारको तयारी छ ।

स्वास्थ्य मन्त्रालयले कोरोना भाइरस विरुद्धको कोभिसिल्ड खोप पहिलो चरणमा प्रदेश नम्बर २ मा फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीका लागि दिएर अभियान थाल्ने तयारी गरेको छ।

कोभिड १९ विरुद्दको खोप उत्पादन गर्ने कम्पनी सिरम इन्स्टिच्युटले एलर्जीको समस्या भएका, रोग प्रतिरोधात्मक क्षमता कम भएका तथा गर्भवती, ज्वरो आएका तथा रगत पातलो बनाउने औषधि सेवन गरिरहेका व्यक्तिलाई खोप नलगाउन सुझाव दिएको छ।

सिरम इन्स्टिच्युटद्वारा जारी फ्याक्ट सीटमा कोभिसिल्डको पहिलो डोज लगाएपछि कुनै गम्भीर एलर्जी वा अन्य स्वास्थ्य समस्या देखिए ती व्यक्तिलाई दोस्रो डोज नलिन समेत सुचित गराएको छ।

कम्पनीको वेवसाइटमा जारी फ्याक्ट सीटमा,‘यदि तपाईलाई कुनै किसिमको औषधि, खाद्य पदार्थ, कुनै खोप वा कोभिसिल्डमा समावेश गरिएका सामग्रीबाट गम्भीर एलर्जी भएको छ। ज्वरो, रगतसम्बन्धि रोग, रगत पातलो बनाउने औषधि सेवन गरिरहको भए वा रोग प्रतिरक्षा शक्ति कमजोर भएको वा औषधि दिइरहनुभएको छ भने खोप नगाउनुहोला।’

साथै, गर्भधारणको योजना बनाइरहेका, गर्भवती र स्तनपान गराइरहेका महिलालाई खोप नलगाउन सुझाव दिइएको छ। कोभिड १९ अन्य खोप लगाइरहेका व्यक्तिलाई पनि कोभिसिल्ड नलगाउन सीरम इन्स्टिच्युटले अनुरोध गरेको छ। खोप लगाउनुअघि आफ्नो स्वास्थ्यस्थितिबारे चिकित्सकसँग सल्लाह लिन सुभाव दिइएको छ।

 

  • ८ माघ २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech