केयूको उपकुलपतिमा प्रा भोला थापा नियुक्त

    • स्वास्थ्य पेज

  • ७ माघ २०७७, बुधबार

काठमाडौं ७, माघ ।
सरकारले काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्रा भोला थापालाई नियुक्त गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा मन्त्रालयको सिफारिसमा प्रा थापालाई विश्वविद्यालयको कुलपतिमा नियुक्त गर्नुभएको हो ।

प्रा थापा विश्वविद्यालयका पूर्व रजिस्ट्रार तथा स्कुल अफ इञ्जिनियरिङका पूर्व डिनका रूपमा काम गरिसक्नुभएको छ ।शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको संयोजकत्वमा गठित काठमाडौं विश्वविद्यालय उपकुलपति छनौट समितिले प्रा थापासहित तीन जनाको नाम सोमबार सिफारिस गरेको थियो।

शिक्षा मन्त्रालयले पहिलोपटक खुला प्रतिस्पर्धाबाट उपकुलपति नियुक्तिको प्रक्रिया अघि बढाइएको बताएको थियो।

 

  • ७ माघ २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech