नेपालमा भोलि १० लाख डोज कोभिडबिरुद्धको भ्याक्सिन आउँदै

पहिलो चरणमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुलाई


    • स्वास्थ्य पेज

  • ७ माघ २०७७, बुधबार

काठमाडौं ७, माघ ।

भारत सरकारले नेपाल सरकारलाई उपलब्ध गराएको १० लाख डोज कोभिड भ्याक्सिन भोलि काठमाडौँ आइपुग्ने भएको छ।स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले बुधवार आयोजित कार्यक्रममा भारतमा बनेको ‘कोभिसिल्ड’ नेपाल सरकारलाई भारतले अनुदानस्वरुप प्रदान गरेको जानकारी दिनुभयो ।

भारतले खोप उपलब्ध गराएको घोषणा गर्न आयोजित उक्त कार्यक्रममा मन्त्री त्रिपाठीले भारत सरकारलाई धन्यवाद दिनुभएको छ ।उहाँले भारतले नेपाललाई कोभिडकालमा पनि निरन्तर औषधिलगायत सामग्री प्रदान गरेको सहयोग गरेकामा सराहना पनि गर्नुभयो ।

मन्त्री त्रिपाठीले नेपालका लागि भण्डारण र ढुवानीका लागि यो भ्याक्सिन उपयुक्त रहेको बताउनुभयो ।पहिलो चरणमा ३ प्रतिशत सफाइकर्मी, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई भ्याक्सिन दिइने जानकारी मन्त्री त्रिपाठीले दिनुभयो ।नेपालका ७२ प्रतिशत जनसंख्यालाई भ्याक्सिन लगाउने तयारी रहेको पनि उहाँले जानकारी दिनुभयो ।

 

  • ७ माघ २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech