केयूको उपकुलपतिमा मकाजू,थापा र लुइँटेलको नाम सिफारिस

    • स्वास्थ्य पेज

  • ६ माघ २०७७, मंगलवार

काठमाडौं ६, माघ ।

काठमाडौं विश्वविद्यालय (केयू)को उपकुलपतिका लागि तीन जनाको नाम सिफारिस भएको छ।

शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको संयोजकत्वमा गठित तीन सदस्यीय छनोट समितिले उपकुलपतिका लागि तीन जनाको नाम सिफारिस गरेको हो।

डा रामकण्ठ मकाजू, प्राडा भोला थापा र प्राडा बालचन्द्र लुइँटेलको नाम सिफारिस भएको छ । यी तीन मध्येबाट एक जनालाई कुलपतिले उपकुलपतिमा नियुक्त गर्नेछ।

शिक्षा मन्त्रालयले केयूको भिसी बन्न योग्यता पुगेका व्यक्तिले मन्त्री श्रेष्ठको व्यक्तिगत इमेलमा खुला प्रक्रियाबाट आवेदन माग गरेको थियो।

 

  • ६ माघ २०७७, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech