त्रिवि शिक्षण अस्पतालका डाक्टरमाथि हातपात

    • स्वास्थ्य पेज

  • ६ माघ २०७७, मंगलवार

काठमाडौं ६, माघ ।

त्रिवि शिक्षण अस्पतालका डा सबिन भण्डारी माथि बिरामीले हातपात गरेका छन् । चिकित्सकको लापरबाहीले मृत्यु भएको भन्दै आफन्तले ड्युटीमा खटिएका डा भण्डारीमाथि हातपात भएको हो ।

कोभिड आइसियुमा उपचारको क्रममा बिरामीको मृत्यु भएपछि आफन्तले डा भण्डारीलाई आक्रमण गरिएको नेशनल रेजिडेण्ट एशोसिएसनका सचिव डा सुमन दाहालले जानकारी दिनुभयो । डाक्टर आक्रमण गर्ने बिरामी बुटवलका हुन्। इन्फ्लुएन्जाको देखिएपछि ती बिरामीलाई आइसियुमा भर्ना गरिएको थियो।

बिरामीको इन्फ्लुएन्जाको परीक्षण गर्न स्वाब टेकु पठाइएको थियो। इन्फ्लुएन्जाको परीक्षणसँगै कोरोनाको पनि परीक्षण भएको डा दाहालले बताउनुभयो ।

इन्फ्लुएन्जाको रिपोर्ट नेगेटिभ आएपनि कोरोनाको रिपोर्ट पोजेटिभ आएपछि ती बिरामीलाई कोभिड आइसियुमा सारिएको थियो। कोभिड आइसियुमा उपचार हुने क्रममा बिरामीको मृत्यु भएपछि बिरामीका आफन्तले बिरामी मारेको भन्दै डा सबिन माथि आमक्रमण गरेको दाहालले बताउनुभयो ।

 

  • ६ माघ २०७७, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech