काठमाडौं २, माघ ।
औषधि व्यवस्था विभागले सेरम इन्स्टिच्युट अफ इन्डिया (एसआइआइ) ले उत्पादन गरिरहेको कोभिसिल्ड खोपलाई आपतकालीन प्रयोगको लागि सशर्त अनुमति दिने निर्णय गरेको छ ।
कोभिसिल्ड’ अक्सफोर्ड युनिभर्सिटीले एस्ट्राजेनेकासँग मिलेर विकास गरेको कोभिड भ्याक्सिन हो । भारतले पनि यो खोपलाई आपतकालीन प्रयोगको लागि अनुमति दिइसकेको छ।