केयुको उपकुलपति नियुक्ति निष्पक्ष र न्यायोचित गर्न अभियन्ता डा.केसीको माग

    • स्वास्थ्य पेज

  • १ माघ २०७७, बिहीबार

काठमाडौं १, माघ ।

काठमाडौं विश्वविद्यालय केयुको उपकुलपति नियुक्ति निष्पक्ष र न्यायोचित गर्न अभियन्ता डा गोविन्द केसीले माग गर्नुभएको छ । पदाधिकारी नियुक्ति प्रक्रियाप्रति डाक्टर केसीले आफ्नो ध्यानाकर्षण भएको जनाउनुभएको हो ।

बिहीबार एक विज्ञप्ति जारी गर्दै डाक्टर केसीले विज्ञहरूबाट सबै उम्मेदवारको योग्यता र अनुभवदेखि भिजनसम्मको मुल्याङ्कन गरेर मात्रै नियुक्तिका लागि सिफारिस गरिनुपर्ने जनाउनुभएको हो ।

उपकुलपति पदका लागि तीन दर्जनभन्दा बढी आवेदन परेको भन्दै डा केसीले नियुक्ति निष्पक्ष र न्यायोचित गर्न माग गर्नुभएको हो ।

उहाँले निजी मेडिकल कलेजहरुका लागि सरकारले तोकेको भन्दा बढी एमबिबिएस कार्यक्रमको शुल्क लिनेदिने गरी अवैध निर्णय समेत भएको भन्दै विज्ञप्ति मार्फत आफुहरुसँग पछिल्लो सत्याग्रहमा भएका सम्झौताहरु समेत कार्यान्वयन हुने गरी सक्षम र नैतिकवान व्यक्तिको नियुक्ति हुने गरी सो प्रक्रिया अघि बढाउन सम्बन्धित सबैसमक्ष माग गर्नुभएको छ ।

  • १ माघ २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech