पोर्चुगलमा फाइजरको भ्याक्सिन लगाएकी ४१ वर्षीया स्वास्थ्यकर्मीको मृत्यु

    • स्वास्थ्य पेज

  • २१ पुष २०७७, मंगलवार

एजेन्सी

पोर्चुगलमा फाइजरको कोरोना भ्याक्सिन लगाएकी एक महिला स्वास्थ्यकर्मीको ज्यान गएको छ । ४१ वर्षीया सोनिया असेवेदोको भ्याक्सिन लगाएको दुई दिनपछि मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

सोनिया असेवेदो क्यान्सर अस्पतालमा काम गर्नुहुन्थ्यो । पोर्चुगलको पोर्टो शहरमा बस्ने सोनिया एकेवेडोको फाइजरको भ्याक्सिन लगाएको करिव ४८ घन्टापछि नयाँ वर्षको दिन अचानक निधन भएको डेलिमेलमा समाचार छापिएको छ । डेलिमेलमा छापिएको समाचार अनुसार फाइजरको भ्याक्सिन लगाएपछि उहाँमा कुनै साइड इफेक्ट भने देखिएको थिएन।

सोनियाका पिता अबिलियो असेवेदोले एक स्थानीय मिडियासँग कुरा गर्दै खोप लगाएपछि आफ्नी छोरीको हालत भने सामान्य नै रहेको बताउनुभएको छ । तर, उहाँले आफ्नी छोरीको मृत्यु के कारणले भएको हो भन्ने जान्न खोजेको बताइएको छ । सोनियाले ३० डिसेम्बरमा भ्याक्सिन लगाएको बताइएको छ।

  • २१ पुष २०७७, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech