डेल्टा र ओमिक्रोन भेरियन्टको खतरनाक सुनामी आइरहेको छः डब्ल्यूएचओ

    • स्वास्थ्य पेज

  • १५ पुष २०७८, बिहीबार

डब्लुएचओका प्रमुख डा. टेडरोज आध्यनोम गेब्रेयेसोस। तस्बिर : राेयटर्स

नेपालगन्जः विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोनाभाइरसको डेल्टा र ओमिक्रोन भेरियन्ट मिलेर संसारमा कोभिड–१९ को नयाँ संक्रमितको खतरनाक सुनामी ल्याइरहेको बताएको छ।

डब्लूएचओका प्रमुख टेडरोस एडनोम गेब्रियासिसले यस्तो समय आएको छ जब अमेरिका र युरोपमा कोरोना संक्रमितको संख्यामा रेकर्ड स्तरको वृद्धि भइरहेको छ भन्नुभयो ।

गेब्रियासिसले भन्नुभयो–‘विश्वभरिका स्वास्थ्य प्रणाली पहिले नै आफ्नो क्षमताभन्दा अघि बढेर काम गरिरहेका छन्। त्यसपछि डेल्टा र ओमिक्रोन जस्ता दुई खतरापूर्ण संक्रमणको आंकडा कीर्तिमानी उचाइसम्म पुुग्ने छ। यसले अस्पताल भर्ना हुने दर र मृत्यु दर बढ्ने छ।’

डब्लूचएओका प्रमुख वैज्ञानिक सौम्या स्वामिनाथमका अनुसार उपलव्ध खोप ओमिक्रोनको बिरुद्धमा अझै प्रभावकारी रहँदै आएको छ। शरीरको विद्यमान टी सेल इम्युनिटी नयाँ भेरियन्टसँग लड्न सक्छ।

फ्रान्समा प्रत्येक सेकेन्डमा दुई जना पोजिटिभ

फ्रान्समा २४ घन्टाको अवधिमा कुल २ लाख ८ हजार नयाँ संक्रमित थपिएका छन्। ओमिक्रोन संक्रमितको छुट्टै जानकारी भने दिइएको छैन।

फ्रान्सका स्वास्थ्य मन्त्री ओलिभर वेरनले भन्नुभयो–‘यतीका संक्रमित देखेर हामी हामी हैरान भएका छौँ। यसको मतलब यो हो कि प्रत्येक सेकेन्डमा हाम्रो देशमा दुई मानिस पोजिटिभ आएका छन्।’ डब्लूएचओका अनुसार पछिल्लो सात दिनमा कोभिड–१९ का संक्रमितमा ११ प्रतिशत वृद्धि भएको छ।

  • १५ पुष २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech