नयाँ दिल्लीमा ओमिक्रोनको संक्रमण फैलिँदै, आजदेखि कर्फ्यू, नेपालगन्जमा जोखिम कति ?

    • स्वास्थ्य पेज

  • १२ पुष २०७८, सोमबार

नेपालगन्जः कोरोनाको ओमिक्रोन भेरियन्ट फैलने खतरा बढेपछि भारतको राजधानी नयाँ दिल्लीमा रात्रीकालिन कर्फ्यू लगाइने भएको छ । दिल्ली सरकारले आजदेखि राति ११ बजेदेखि विहान ५ बजेसम्म कर्फ्यू लगाउने घोषणा गरेको हो ।

आइतबार दिल्लीमा २९० जना नयाँ संक्रमित फेला परेको र एक जनाको मृत्यु भएपछि सरकारले रात्रीकालीन कर्फ्यू लगाउने निर्णय गरेको हो ।

त्यसको अघिल्लो दिन दिल्लीमा संक्रमितको संख्या २४९ जना थियो । संक्रमण दर निरन्तर बढ्दै गएकाले पूर्व सतर्कता अपनाउनु परेको अधिकारीहरुको भनाइ छ ।

कोभिड १९ सम्बन्धि नीतिहरु तय गर्ने दिल्ली डिजास्टर म्यानेजमेन्ट अथोरिटीले यस अघि नै सरकारलाई पूर्व सतर्कताका लागि निर्देशन दिईसकेको थियो भने नयाँ वर्षमा कुनै पनि भीडभाड हुदैन भन्ने निश्चित गर्न पनि भनेको छ ।

ओमिक्रोन भेरियन्टको संक्रमण विस्तार भईरहेको बेला हिजो मात्रै प्रधानमन्त्री नरेन्द्र मोदीले देशवासीका नाममा सम्बोधन गर्दै आफैं सचेत हुनु र अनुशासनमा बस्नु नै कोरोना विरुद्धको लडाइको सवैभन्दा ठूलो हतियार हुने बताउनु भएको थियो ।

दिल्लीमा ओमिक्रोनको संक्रमण बढ्दै गएपछि नेपालका बाँकेसहितका सीमावर्ति जिल्ला उच्च जोखिममा परेका छन् । नेपालगन्जदेखि दिल्ली जाने र आउनेक्रम दैनिकरुपमा हुने गरेको छ । जमुनाह नाका भएर घुमघाम र औषधिउपचारका लागि नेपालीहरु दिल्ली आउजाउ गर्ने गरेका छन् ।

  • १२ पुष २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech