– कुनै पनि कसरत गर्नुअघि चिकित्सकको परामर्श लिनुपर्छ ।
-स्वस्थ एवं सन्तुलित खानेकुरा खानुपर्छ ।
-कसरतका साथसाथै पर्याप्त आराम तथा निद्रा पनि आवश्यक हुन्छ ।
-कसरत गर्ने वातावरण तथा स्थान अनुकूल हुनुपर्छ ।
-भारी तौल उठाउनुअघि मांसपेशीलाई सन्तुलित बनाउनुपर्छ ।
-आफ्नो शरीर बनाउन राम्रो जिम छनौट गर्नुपर्छ, जहाँ दक्ष ट्रेनरका साथ कसरत गर्न सकिन्छ ।
-वर्कआउट सेसनमा स्ट्रेचिङ अवश्य गर्नुपर्छ, यसले मांसपेशी बलियो बनाउँछ ।
-कसरतका क्रममा राम्रोसँग श्वास लिनुपर्छ, जसले राम्रो लाभ दिन्छ ।