यसरी हटाउन सकिन्छ कपालको चायाँ

    • स्वास्थ्य पेज

  • २ पुष २०७८, शुक्रबार

स्टिकी चायाँ छ भने हट ओयल थेरापी लाभदायक हुन्छ । यसमा तिल वा जैतुनको तेल तताएर कटनले हल्का रगड्दै स्केल्पमा लगाउनुपर्छ । त्यसपछि तातोपानीमा टाबेल भिजाई निचोरेर शिरमा बेर्नुपर्छ ।

५ मिनेटजति राखेपछि पुनः तातोपानीमा टाबेल भिजाउने र पुनः केशमा बेर्ने । यस्तो तीन–चार पटक गरे केश र स्केल्पले राम्रोसँग तेल एब्जर्ब गर्छ । तेल लगाइएको केश रातभरि नपखाली त्यसै छोड्नुपर्छ । बिहान स्केल्पमा कागतीको रस लगाएर २० मिनेटपछि केश पखाल्ने ।

नियमित स्याम्पु : मनसुनमा केशलाई केही समयको अन्तरालमा स्याम्पु गर्नुपर्छ । केश ओयली छ भने त यो अझ बढी आवश्यक हुन्छ । माइल्ड हर्बल स्याम्पु प्रयोग गरेपछि केशलाई राम्रोसँग धुनुपर्छ ।

मेहन्दी : हरेक साता केशमा मेहन्दी लगाउनुपर्छ । मेहन्दीमा ४ सानो चम्चा कागतीको रस, त्यति नै कफी, दुईवटा अण्डा, एउटा सानो चम्चा मेथी पाउडरमा चिया मिसाएर गाढा पेस्ट बनाउने । त्यसलाई केशमा प्रयोग गरी एक घन्टापछि पखाल्ने । अण्डा प्रयोग गर्ने हो भने चियाको मात्रा अलि बढाउनुपर्छ ।

एसेन्सियल ओयल : ५० मिलिलिटर गुलाबजलमा रोजमेरी एसेन्सियल ओयलको ५ थोपा मिसाएर राम्रोसँग बन्द बोतलमा राख्ने । त्यसको प्रयोग स्याम्पु गरेपछि स्केल्पमा गर्नुपर्छ र केही समय त्यत्तिकै राखेपछि केश पखाल्ने ।

हेल्दी स्केल्प : दुई मुठी निमको पातलाई तातोपानीमा रातभर राख्ने । बिहान उक्त पानीले केश पखाल्ने । यसले चिलाउने समस्या कम गर्नुका साथै स्केल्प हेल्दी तथा इन्फेक्सनमुक्त हुन्छ । यसबाहेक निमको पातको पेस्ट बनाएर स्केल्पमा लगाउने र आधा घन्टापछि पखाल्ने ।

प्राकृतिक कन्डिसनर 

रिच कन्डिसनरको ठाउँमा चिया र कागतीजस्ता हर्बल हेयर रिन्स उपयुक्त हुन्छ । यसका लागि प्रयोग गरिएको चियापत्तीलाई अलिक बढी पानीमा पुनः उमालेर चिसो भएपछि त्यसमा कागतीको रस मिसाउने । स्याम्पु गरेपछि यो मिश्रणलाई लास्ट रिन्सका रूपमा प्रयोग गर्नुपर्छ । यसले केश चिपचिप हुन दिँदैन ।

 

  • २ पुष २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech