नेपालगन्ज: बाँकेमा कोरोना भाइरस संक्रमणका कारण थप एकजनाको मृत्यु भएको छ ।
नेपालगन्ज स्थित भेरी अस्पतालमा उपचारका क्रममा बैजनाथ गाउँपालिका-१ बाँकेका ५५ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज ओलीले जानकारी दिनुभयो ।
यही मंसीर ७ गते कोरोना संक्रमण पुष्टि भएपछि त्यसको भोलीपल्ट मंसीर ८ गते उहाँ थप उपचारका लागि भेरी अस्पतालको कोभिड वार्डमा भर्ना हुनुभएको थियो । स्वास्थ्यमा सुधार नआउँदा उहाँको हिजो साँझ ७:२५ बजे मृत्यु भएको हो ।
योसँगै कोरोना भाइरस संक्रमणका कारण बाँकेका ३४४ जनाको मृत्यु भएको छ ।