भेरी अस्पतालका प्रमुख कन्सल्ट्यान्ट सर्जन डा श्यामसुन्दर यादव स्वास्थ्य मन्त्रालयको १२ औं तहमा बढुवा

    • स्वास्थ्य पेज

  • २ मंसिर २०७८, बिहीबार

नेपालगन्जः भेरी अस्पताल नेपालगन्ज बाँकेमा कार्यरत प्रमुख कन्सल्ट्यान्ट सर्जन डा श्यामसुन्दर यादव स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको १२औं तह (प्रमुख विशेषज्ञ) मा बढुवा हुनुभएको छ । भेरी अस्पतालका पूर्व मेसु समेत रहनु भएका यादवसँगै डा भिमसिंह टिंकरी र गुणराज लोहनीपनि बढुवा हुनुभएको छ ।

आज बसेको मन्त्रीपरिषद बैठकले यादव, टिंकरी र लोहनीलाई १२औं तहमा बढुवा गर्ने निर्णय गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले जानकारी दिनुभयो।

गत सोमबार बसेको बढुवा समितिको बैठकले रिक्त रहेका तीन वटा पदका लागि पाँच जनाको नाम सिफारिस गरेको थियो।

सिफारिस समितिले पहिलो नम्बरमा बाँकेको भेरी अस्पतालका डा श्यामसुन्दर यादव, दोस्रो नम्बरमा व्यवस्थापन महाशाखाका निर्देशक डा भिमसिंह टिंकरी, तेस्रो नम्बरमा पोखरामा कार्यरत बालरोग विशेषज्ञ डा श्रीकृष्ण श्रेष्ठ, चौंथो नम्बरमा प्रसूति गृहकी निर्देशक डा संगिता मिश्र र पाँचौ नम्बरमा मन्त्रालयको नीति योजना तथा अनुमगन महाशाखा प्रमुख डा गुणराज लोहनीको नाम १२औं तहका लागि सिफारिस गरेको थियो।

मन्त्रिपरिषदले पाँचजनामध्ये तीन जनालाई १२औं तहमा बढुवा गर्ने निर्णय गरेको हो।

 

  • २ मंसिर २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech