कर्णालीका पाँच जिल्लामा कोरोना संक्रमणदर शून्य

    • स्वास्थ्य पेज

  • २८ कार्तिक २०७८, आईतवार

वीरेन्द्रनगरः कर्णाली प्रदेशका पाँच जिल्लामा कोरोना सङ्क्रमण शून्य देखिएको छ । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले शनिबारसम्म प्रदेशका पाँचवटा जिल्लामा सङ्क्रमण शून्य देखिएको जनाएको हो निर्देशनालयका अनुसार कालीकोट, जाजरकोट, डोल्पा, मुगु र हुम्लामा कोरोना सङ्क्रमण शून्य रहेको हो ।

अहिले कर्णाली प्रदेशमा ३३ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् । पछिल्लो समय कोरोना सङ्क्रमणको दरमा धेरै कमी आएको निर्देशनालयको भनाइ छ । सुर्खेत, सल्यान, दैलेख, रुकुमपश्चिम र जुम्लामा कोरोना सङ्क्रमितको सङ्ख्या भए पनि कम रहेको छ । सक्रिय सङ्क्रमितमा पनि अधिकांश सङ्क्रमित होम आइसोलेसनमा रहेका छन् ।

निर्देशनालयले ३० जना होम आइसोलेसनमा र तीन जना अस्पतालमा उपचारमा रहेको जानकारी दिएको छ । सबैभन्दा बढी सुर्खेतमा ११ जना सङ्क्रमित होम आइसोलेसनमा र एक जना प्रदेश अस्पतालमा उपचारत छन् । दैलेखमा एक जना, सल्यानमा १३ जना, रुकुमपश्चिममा तीन जना होम आइसोलेसनमा छन् ।

यस्तै जुम्लामा दुई जना होम आइसोलेसन र दुई जना कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारत छन् । स्वास्थ्य निर्देशनालयका निर्देशक डा रविन खड्काले कोरोना सङ्क्रमितको सङ्ख्यामा कमी आएको बताउनुभयो ।

कर्णाली प्रदेशमा हालसम्म ३३ हजार ४८३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । निर्देशनालयले अहिलेसम्म ३२ हजार १०७ जना कोरोना सङ्क्रमणमुक्त भएको जनाएको छ ।

  • २८ कार्तिक २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech