कोभिडले विश्वभर ८० हजार देखि एक लाख ८० हजार स्वास्थ्यकर्मीको ज्यान लिएको डब्लुएचओ अनुमान

    • स्वास्थ्य पेज

  • ५ कार्तिक २०७८, शुक्रबार

काठमाडौं: कोरोना भाइरस संक्रमणका कारण विश्वभर करिब १ लाख ८० हजार स्वास्थ्यकर्मी तथा कामदारको मृत्यु भएको एक अध्ययनले देखाएको छ ।

गत वर्ष जनवरी देखि यो वर्षको मे महिनासम्म कम्तिमा ८० हजारदेखि बढीमा १ लाख ८० हजार स्वास्थ्य कामदारको कोरोना संक्रमणका कारण मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

संगठनले कोरोना विरुद्धको लडाइमा अग्रपंक्तीमा खटिएका स्वास्थ्यकर्मी र हेल्थकेयर स्टाफहरुको सुरक्षामा गम्भिर हुन आग्रह गरेको छ । स्वास्थ्य कामदारहरुलाई कोरोना खोपको प्राथमिकतामा राख्न समेत संगठनले आग्रह गरेको छ ।

विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार विश्वमा करिब १३ करोड ५० लाख स्वास्थ्यकर्मी र हेल्थकेयर स्टाफहरु छन् ।

 

  • ५ कार्तिक २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech