स्वास्थ्य मन्त्रालय भन्छ-‘कृष्णनगरमा फैलिएको झाडापखाला नियन्त्रणमै छ’

    • स्वास्थ्य पेज

  • ३१ आश्विन २०७८, आईतवार

नेपालगन्जः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कपिलवस्तुको कृष्णनगरमा फैलिएको झाडापखाला नियन्त्रणमा रहेको जनाएको छ ।

मन्त्राललयले आइतबार विज्ञप्ति जारी गर्दै कृष्णनगर नगरपालिकाका वडा ७, ८ र ९ मा फैलिएको झाडापखाला स्थानीय, प्रदेश र संघीय सरकार तथा विश्व स्वास्थ्य संगठन लगायतका संस्थाहरुको समन्वयमा नियन्त्रणमा रहेको जनाएको हो ।

मन्त्रालयका अनुसार हाल झाडापखाला तथा तथा बान्ताका कारण ८८५ जना संक्रमित भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालका अनुसार आइतबार मात्रै शिवराज अस्पतालमा २५ जना झाडापखालाका विरामी उपचाररत् रहेका छन् भने हालसम्म ८१९ जना निको भएका छन् ।

हालसम्म झाडापखालाबाट ४५ वर्षीय पुरुषको घरमै, ७ वर्षीया बालिकाको निजी क्लिनिकमा र ५ वर्षीया बालिका र २ वर्षीय बालकको अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको थियो ।

स्वास्थ्य मन्त्रालयका अनुसार विभिन्न मितिमा संकलन गरिएका दिसाका नमुनाहरु लुम्बिनी प्रादेशिक अस्पताल र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण गर्दा ५५ वर्षीय पुरुष, ७२ वर्षीय पुरुष, ५५ वर्षीय पुरुष र ५ वर्षीया बालिकाको दिसाको नमुनामा भाइब्रियो कोलेरा ओगावा भाइरस देखा परेको छ ।

यस्तै संकलन गरिएका खानेपानीका १५ नमुनामध्ये ९ वटामा इकोली नामक जिवाणु फेला परेको मन्त्रालयले जनाएको छ ।

सुरुवातमा झाडापखालाका बिरामीहरुको संख्या ह्वात्तै बढेपछि शय्या अभावमा अस्पतालको आँगनमा राखेर बिरामीहरुको उपचार गर्नु परेको थियो ।

झाडापखाला प्रभावित क्षेत्रको पानीको नमूना परीक्षण गर्दा एउटा नमूनामा दिसामा पाइने इकोली नामक जिवाणु फेला परेको थियो ।

  • ३१ आश्विन २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech