नेपालगन्जः बाँकेमा आज थप १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
६९ नमुना परीक्षण गर्दा थप १७ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।
भेरी अस्पतालमा ३७ नमुना परीक्षण गर्दा ९ र मेडिकल कलेज कोहलपुरमा ३२ नमुना परीक्षण गर्दा ८ जनामा संक्रमण पुष्टि भएको छ ।
आज संक्रमण पुष्टि भएका मध्य बाँकेका ९ जना छन् । योसंगै बाँकेमा कुल संक्रमितको संख्या १८ हजार २९३ पुगेको छ ।
यस्तै आज थप ६ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १७ हजार ८८३ पुगेको छ ।