नेपालगन्जः सरकारले डा पुकारचन्द्र श्रेष्ठलाई शहिद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशकमा नियुक्त गरेको छ।
मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले डा पुकारलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो। मन्त्रिपरिषदले उहाँलाई चार वर्षका लागि नियुक्ति दिएको हो।
यसअघि दुई कार्यकाल केन्द्रको निर्देशक हुँदा केन्द्रमा अनियमितता गरेको प्रमाणित हुँदा पनि सरकारले कारबाही गर्न सकेको थिएन। यस्तै केन्द्रमा रहँदा उहाँले कर्मचारीहरुलाई शोषण गरेको आरोप समेत लागेको थियो।








