यौन सम्बन्धलाई यादगार बनाउन अपनाउनुस् यस्ता ‘टिप्स’

    • स्वास्थ्य पेज

  • ६ आश्विन २०७८, बुधबार

विवाहपछिको पहिलो रात अर्थात सुहागरातलाई सम्झेर नवविवाहित जोडी तथा विवाह बन्धनमा बाँधिन गइरहेका जोडीहरु रोमाञ्चितसँगै ‘नर्भस’ हुने गर्दछन्। जो पहिलो पटक सेक्सको अनुभव लिन गइरहेका छन् उनीहरु झन् बढी नर्भस हुने गर्छन्।

सबै जोडीले पहिलो रातलाई जीवनभरको यादगार पल बनाउन चाहन्छन्। यसका लागि यहाँ उल्लेख गरिएका केही टिप्सहरु अपनाउनुस् जसले तपाईको सुहागरातलाई यादगार बनाउन सहयोग गर्नेछ

सेक्सी देखिने भित्रि वस्त्र लगाउनुस्

सुहागरातलाई यादगार बनाउन तथा पतिलाई मदहोस बनाउन आकर्षक र सेक्सी देखिने भित्रि बस्त्र लगाउनुस्। तपाईले लगाएको सेक्सी ड्रेस र सुन्दरताले पतिलाई आकर्षित गर्न सहयोग गर्छ। यस्तै तपाई पुरुष हुनुहुन्छ भने आफ्नो श्रीमतीको प्रश‌ंशा गर्न नबिर्सनुस्। जसले तपाई दुवैलाई सेक्सका लागि तयार गर्नेछ र रोमाञ्चित बनाउनेछ।

शारीरिक सरसफाइमा ध्यान दिनुस्

यौन सम्बन्ध राख्नुअघि यौनअंगको सरसफाइमा ध्यान दिनुस्। फोहर र यौन अंगबाट आउने गन्धले तपाईको यौन सम्बन्धलाई खराब मात्र होइन यौन रोग वा यौन अंगमा इन्फेक्सनसमेत ल्याइदिन सक्छ। त्यसैले यौन सम्पर्क गर्नुअघि र गरिसकेपछि सरसफाइमा विशेष ध्यान दिनुस्।

यौन सम्बन्ध राख्न हतार नगर्नुस्

सुहागरातमा यौन सम्पर्क गर्न हतार नगर्नुस्। सम्बन्ध राख्नुअघि आफ्नो पार्टनरको अवस्था, उसको भावनाको विशेष ख्याल राख्नुस्। यौन सम्पर्कका लागि दुवैजना तयार र सहमत हुनुपर्छ। दुवैमा भावनात्मक सम्बन्ध एक भएपछि मात्र सम्बन्ध राख्नुस्। यौन सम्बन्ध शारीरिक आवश्यकता पूरा गर्नमात्र राखिँदैन जोडीबीच भावनात्मक सम्बन्ध बढाउन पनि राखिन्छ।

भर्जिनिटीको बारे कुरा नगर्नुस्

विवाहअघि यौन सम्बन्ध बनाउनु वा नबनाउनु कुनै पनि व्यक्तिको निजी कुरा हो। यसलाई सुहागरातकै दिन खोतल्ने प्रयास कहिल्यै नगर्नुस्। निजी व्यक्तिगत कुरालाई उठाएर उसको चरित्र आंकलन गर्ने प्रयास नगर्नु नै राम्रो। सुहागरातको त्यो पललाई यादगार र सुखमय बनाउने तर्फमात्र आफ्नो ध्यान दिनुस्। जीवनको सुरुवात व्यापक सोच र खुला विचारधाराबाट गर्नुस्।

लुब्रिकेन्ट र कन्डमको प्रयोग गर्नुस्

सुहागरातको दिन धेरै महिलामा एक किसिमको डर रहन्छ। जसकारण उसको यौनी सुख्खा हुनसक्छ। सेक्सका लागि यौनीमा चिल्लो पदार्थ हुनु जरुरी हुन्छ। यदी तपाईको श्रीमतीमा पनि यस्तो किसिमको समस्या आएको छ भने लुब्रिकेन्ट ९चिल्लो पदार्थ० को प्रयोग गर्नुस्। यस्तै गर्भ रहनबाट बच्न कण्डमको प्रयोग गर्नुस्।

  • ६ आश्विन २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech