नेपालगन्जका १७ देखि १९ वर्ष उमेर समूहका युवालाई कोरोना

    • स्वास्थ्य पेज

  • ४ आश्विन २०७८, सोमबार

नेपालगन्जः बाँकेमा आज थप १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । तीनवटा प्रयोगशालामा ५६ नमुना परीक्षण गर्दा १२ जनामा संक्रमण पुष्टि भएको हो । यो कूल नमुना परीक्षणमा २१.४३ प्रतिशत कोरोना पोजेटिभ हुन आउँछ ।

भेरी अस्पतालमा ३५ नमुना परीक्षण गर्दा १२ जना संक्रमित थपिएका हुन् । मेडिकल कलेज कोहलपुर र बागेश्वरी ल्यावमा २१ नमुना परीक्षण गर्दा सबै रिपोर्ट नेगेटिभ आएको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रले जनाएको छ । आज संक्रमण पुष्टि भएका मध्य ६ जना बाँकेका हुन् ।

नेपालगन्ज उपमहानगरपालिका–१० का ३, वडा नम्वर–४ का १ जना र खजुरा गाउँपालिका–२ र ४ का २–२ जना छन् । नेपालगन्जका संक्रमित १७ देखि १९ वर्ष उमेर समूहका हुन् । योसँगै जिल्लामा कुल संक्रमितको संख्या १८ हजार १ सय ४२ पुगेको छ । यस्तै आज थप ६ जना डिस्चार्ज भएका छन् ।

योसँगै डिस्चार्ज हुनेको संख्या १७ हजार ७ सय ५८ पुगेको छ । जिल्लामा सक्रिय संक्रमितको संख्या अहिले ७४ जना छन् ।

  • ४ आश्विन २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech