नेपालगन्ज: भेरी अस्पतालका सटरहरु खाली गरिएपछि भत्काउन सुरु गरिएको छ ।
व्यवसायिक प्रयोजनका लागि भाडामा दिएका सबै सटर खाली गरेर भत्काउन सुरु गरिएको अस्पताल विकास समितिले जानकारी दिएको छ । अहिले अस्पतालमा जेसीभीको सहयोगमा सटरहरु भत्काउने काम भईरहेको छ ।
सटरमा मेडिकल स्टोर, ल्याव, होटल तथा किराना पसल संचालनका लागि अस्पतालले भाडामा दिएको थियो । एउटा सटरले न्यूनतम १० हजारदेखि २ लाखसम्म भाडा अस्पताललाई बुझाउँदै आएका थिए । ती सटरहरु हटाईसकेपछि त्यहाँ आकर्षक सौन्दर्यकरण गरिने बताईएको छ ।
स्वास्थ्य मन्त्रालयले २०६५ सालमै अस्पतालका सटरहरु भाडा प्रयोजनमा नदिन परिचपत्रै गरेको थियो । तर धेरै जस्तो अस्पतालहरुले आफुसँग भएका सटरहरु भाडामा दिएर आन्तरिक आम्दानी गर्दै आएका थिए ।