काठमाडौं: चीनबाट कोरोना विरुद्धको ४४ लाख डोज भेरोसेल खोप आइपुगेको छ।
स्वास्थ्य सेवा विभागका अनुसार शुक्रबार दिउँसो नेपाल एयरलाइन्सको उडानमार्फत उक्त परिमाणको खोप त्रिभुवन विमानस्थल आइपुगेको हो । आज आएको खोप विभिन्न चरणमा देशका सबै जिल्लामा पठाइने बताईएको छ।
सरकारले चीनसँग पछिल्लो पटक ६० लाख डोज भेरोसेल खोप खरिद गरेको थियो । जसमध्ये १६ लाख डोज खोप भदौ ४ र ५ गते नै आइसकेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शुक्रबारसम्मको तथ्यांकका अनुसार देशभर ५४ लाख ७३ हजार १५१ जनाले कोरोना विरुद्धको पूर्ण मात्रा खोप लगाइसकेका छन् ।