४४ लाख डोज भेरोसेल खोप आज आउँदै

    • स्वास्थ्य पेज

  • १ आश्विन २०७८, शुक्रबार

नेपालगन्जः सरकारले खरिद गरेको थप ४४ लाख मात्रा भेरोसेल खोप आज दिउँसो २ बजे आउँदैछ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रीन्जी शेर्पाका अनुसार नेपाल वायु सेवा निगमको वाइडबडी जहाज बिहीवार राति ११ बजे बेइजिङ प्रस्थान गरेको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार खरिद गरिएको ६० लाख मात्रा खोपमध्ये ४४ लाख मात्रा खोप आज काठमाडौं आइपुग्नेछ । जसमध्ये खरिद गरिएको १६ लाख मात्रा खोप भित्रिसकेको छ ।

हालसम्म कोभिशिल्डको २४ लाख ४८ हजार, भेरोसेल ७४ लाख, जोन्सन एन्ड जोन्सनको १६ लाख, एस्ट्राजेनेका १७ लाख ७७ हजार ३२० मात्रा खोप नेपालले प्राप्त गरिसकेको छ ।

  • १ आश्विन २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech