कोरोना संक्रमणबाट ७ महिने शिशुको मृत्यु

    • स्वास्थ्य पेज

  • २९ भाद्र २०७८, मंगलवार

नेपालगन्जः कोरोना संक्रमित सात महिने शिशुको उपचारको क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा नरेन्द्र कुमार झाका अनुसार धुलिखेल अस्पतालमा उपचार भइरहेको बुटवल नगरपालिका वडा नं ७ का एक शिशुको उपचारकै क्रममा मृत्यु भएको हो ।

मृतक शिशुको परिवारले उपचार गराउन ल्याएका शिशुलाई २५ गते शुक्रबार कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमण पुष्टि भएसँगै आईतबार अस्पतालमा शिशुको मृत्यु भएको डा झाले बताउनुभयो ।

  • २९ भाद्र २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech