नेपालगन्जः बाँकेमा आज थप ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीनवटा प्रयोगशालामा ११९ नमुना परीक्षण गर्दा ८ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।
भेरीमा ६३ नमुना परीक्षण गर्दा ७ र मेडिकल कलेज कोहलपुरमा ३८ नमुना परीक्षण गर्दा १ जनामा भाइरस संक्रमण पुष्टिभएको छ । बागेश्वरी प्रयोगशालामा १८ नमुना परीक्षण गर्दा भने सबै नेगेटिभ आएको बताइएको छ ।
संक्रमण पुष्टि भएका मध्ये बाँकेका ४ जना छन् । योसँगै बाँकेमा कुल संक्रमितको संख्या १८ हजार १ सय पुगेको छ । यस्तै आज थप ५ जना डिस्चार्ज भएका छन् ।
योसँगै डिस्चार्ज हुनेको संख्या १७ हजार ७ सय ६ पुगेको छ ।