नेपालगन्जः भेरी अस्पताल नेपालगन्जमा कार्यरत फिजिसियन डा खगेन्द्र जंग शाहको बढुवा भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उहाँलाई १० औं तहमा बढुवा गरेको हो ।
कन्सल्टेन्ट जनरल फिजिसियन पदमा कार्यरत डा शाहलाई बरिष्ठ कन्सल्टेन्ट जनरल फिजिसियनकारुपमा स्तरवृद्धि गरिएको मन्त्रालयले जनाएके छ । ज्येष्ठताका आधारमा डा शाह बढुवाको सूचिमा पर्नुभएको हो ।