कोभिड नियन्त्रणका लागि बजेट अभाव छैनः अर्थमन्त्री शर्मा

    • स्वास्थ्य पेज

  • २५ भाद्र २०७८, शुक्रबार

नेपालगन्जः अर्थमन्त्री जनार्दन शर्माले कोभिड १९ का प्रभावित नागरिकको जीवन रक्षा र शिथिल भएको अर्थतन्त्रको पुनरुत्थानका लागि बजेट अभाव हुन नदिने बताउनुभएको छ । उहाँले यो विषय सरकारको उच्च प्राथमिकतामा रहेको समेत बताउनुभयो ।

चालु आर्थिक वर्षका लागि शुक्रबार संसद्‍मा प्रतिस्थापन विधेयक पेस गर्दै मन्त्री शर्माले सरकारले कोभिड १९ विरुद्धको खोप सबै नेपालीलाई लगाउने व्यवस्था गर्ने गरी बजेटको सुनिश्चितता गरेको बताउनुभयो ।

अहिलेसम्म ५७ लाख ३० हजारले पहिलो मात्रा र ५१ लाखले दुवै मात्रा प्राप्त गरिसकेका छन् । उहाँले अब करिब तीन करोडमात्रा खोप प्राप्त हुने क्रममा रहेको बताउनुभयो। ‘कोभिड–१९ नियन्त्रणमा स्रोतको अभाव हुन नदिन सरकार प्रतिबद्ध छ, त्यसका लागि वैदेशिक स्रोतको समेत व्यवस्था गरेको छु,’ उहाँले भन्नुभयो ।

  • २५ भाद्र २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech