बीपी प्रतिष्ठानका रजिस्ट्रार रेग्मीको राजीनामा स्वीकृत

    • स्वास्थ्य पेज

  • २५ भाद्र २०७८, शुक्रबार

धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्ट्रार प्रा।डा। मोहनचन्द्र रेग्मीको राजीनामा स्वीकृत भएको छ । राजीनामा स्वीकृत भएपछि रेग्मी स्त्री तथा प्रसूति विभागमा फर्किनुभएको छ। ।

रेग्मीले राजीनामा पत्र बुझाएको १३ दिनपछि प्रतिष्ठानका कुलपतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले राजीनामा स्वीकृत गर्नुभएको हो ।

बीपी प्रतिष्ठान शुद्धीकरण अभियान, संयुक्त संघर्ष समितिले चारै पदाधिकारीको राजीनामा माग गरेपछि रेग्मीले आन्दोलनकारी र राज्यलाई सहयोग गर्न भन्दै भदौ १३ गते राजीनामा दिनुभएको थियो ।

बीपी प्रतिष्ठान शुद्धीकरण अभियान संयुक्त संघर्ष समितिले गत आइतबारदेखि इमर्जेन्सी र कोभिड अस्पतालबाहेक ओपीडीसेवा बहिस्कार गरेर सडकमै टेबल राखेर बिरामीको उपचार सेवा दिइरहेको छ ।

  • २५ भाद्र २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech