बाँकेमा आज थप १० जनामा संक्रमण पुष्टि, ७ जना डिस्चार्ज

    • स्वास्थ्य पेज

  • २५ भाद्र २०७८, शुक्रबार

नेपालगन्जः बाँकेमा आज थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीनवटा प्रयोगशालामा ७३ नमुना परीक्षण गर्दा थप १० जनामा संक्रमण पुष्टि भएको हो ।

भेरीमा ५, कोहलपुर मेडिकल कलेजमा ४ र बागेश्वरी प्रयोगशालामा १ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्रले जनाएको छ । संक्रमण पुष्टि भएका मध्ये बाँकेका ८ जना छन् ।

कोहलपुरका ५, खजुराका २ र बैजनाथका १ जना हुन् । योसँगै बाँकेमा भाइरस संक्रमितको संख्या १८ हजार ८७ पुगेको छ ।

यस्तै आज थप ७ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १७ हजार ६ सय ८६ पुगेको छ । जिल्लामा सक्रिय संक्रमितको संख्या अहिले १०२ पुगेको छ ।

  • २५ भाद्र २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech