नेपालगन्जः कारोना भाइरस संक्रमणका कारण बाँकेमा आज थप एकजनाको मृत्यु भएको छ ।
नेपालगन्ज स्थित भेरी अस्पतालमा उपचारका क्रममा तुलसीपुर उपमहानगरपालिका–६ दाङका ६५ वर्षीया महिलाको मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज ओलीले जानकारी दिनुभयो ।
साउन २९ गते नेपालगन्ज मेडिकल कलेजको प्रयोगशालामा कोरोना भाईरस संक्रमण पुष्टि भएपछि उहाँलाई उपचारका लागि साउन ३० गते भेरी अस्पतालमा भर्ना गरिएको थियो । स्वास्थ्यमा सुधार नआउँदा उहाँको आज बिहान पौने सात बजे मृत्यु भएको ओलीले जानकारी दिनुभयो ।
योसँगै हालसम्म कोरोना संक्रमणका कारण बाँकेमा उपचारका लागि अन्यत्र जिल्लाबाट आएका ४०६ जनाको मृत्यु भएको छ ।